१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

पहिरो पीडितलाई जिल्ला प्रशासन कार्यालयको आर्थिक सहयोग


१५ असार, काठमाडौँ । पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।

गएराति फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगरे रु १५ प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई सङ्घीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रहरी उपरीक्षक शर्माले पीडित परिवारलाई थप सहायता रकम प्रदान गरिने जानकारी दिँदै  आमाछोरीको शव परीक्षणपछि उनीहरुका आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । पहिरोले ढुङ्गा, माटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको थियो । पहिरामा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार १३:१२