१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु


१५ असार, काठमाडौँ । दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।

राजपुर गाउँपालिका–२ मटेरियाकी ४० वर्षीया भूमिसरा बुढा मगर आफ्नै खेतमा काम गरिरहेकी अवस्थामा शुक्रबार बेलुका साढे ७ बजेतिर चट्याङले हानेको थियो । घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले राति १० बजे मृत्यु  घोषणा गरिदिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार १२:५०