१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

काठमाडौंका विभिन्न स्थानमा आज ७ घन्टा विद्युत् अवरूद्ध हुने


१५ असार, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आज ७ घन्टा विद्युत् अवरूद्ध हुने भएको छ ।

विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिने जनाएको छ । विद्युत् प्राधिकरणका अनुसार फिडर अन्तर्गत पर्ने सैनिक मञ्च, खुलामञ्च क्षेत्र हुँदै कृषि विकास बैंक , उक्त  नेपाल आर्मी ब्यारेक, भन्सार विभाग हुँदै रानीपोखरीसम्म प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत काटिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार ०९:५१