१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह


१४ असार, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा रु २५ लाखको लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री बजेट ल्याएको जानकारी दिँदै स्वदेशमा नै सिर्जनशील उद्यम गर्न युवालाई आग्रह गर्नुभयो । उहाँले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन यापन गर्न नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताउनुभयो ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियानसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १३:३६