१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो सुनको भाउ


१४ असार, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेर प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ११:२९