१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

समाजसेवी सैँजूद्वारा ६० जना विद्यार्थीलाई खेल सामग्री प्रदान


१४ असार, काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गर्नुभएको छ ।

दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उहाँले बिहीबार ती सामग्री प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावकको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो ।

विसं २०३३ माघ १५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समाजसेवी सैँजुले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १०:५४