१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

चितवनकाे क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनाेट


१४ असार, काठमाडौं । चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ ।

चितवनको रंगशाला बजेट अभावका कारण निर्माण अलपत्रमा परेको रंगशाला थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको १२ कम्पनीहरूले टेण्डर हालेका थिए । तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १०:३६