१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल


१४ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ । त्रिविले चार वर्षका लागि विभागको प्रमुखमा सोही विभागमा प्राध्यापनरत सहप्राध्यापक डा कुन्दन अर्याललाई प्रमुखमा नियुक्त गरेको हो ।

यसअघिका विभागीय प्रमुख प्राध्यापक प्रवलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि अर्याल विभागको प्रमुखमा नियुक्त हुनुभएको हो । प्रदर्शनी मार्गको रत्नराज्य लक्ष्मी क्याम्पसको सानो कोठाबाट सुरूवात भएको विभाग अहिले त्रिवि परिसरमा रहेको आफ्नै सुविधासम्पन्न क्यामरा हाउसबाट सञ्चालन हुँदै आएको छ । नेपालको पत्रकारिता शिक्षाको जननी यही विभागलाई मानिन्छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ०७:५५