१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

नुवाकोटकी सिम्रिकाले एसइइमा प्राप्त गरिन सर्वोत्कृष्ट अंक


१३ असार, नुवाकोट । नुवाकोटकी सिम्रिका रिजालले एसइइमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्नुभएको छ । विदुर नगरपालिका-२ बट्टारको सुभेनियर बोर्डिङकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अंक ४ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षामा सहभागी नुवाकोटकी सिम्रिका रिजालले ४ जिपिए प्राप्त गरेको पुष्टि गरेको छ । लेडर ग्रेडिङमा परीक्षाको नतिजा सार्वजनिक हुन थालेपछि नुवाकोट जिल्लाबाट ४ जिपिए प्राप्त गर्ने सिम्रिका पहिलो विद्यार्थी बनेको विद्यालयले दाबी गरेको छ । परीक्षापछि “ए-लेवल” तयारी गरिरहेकी सिम्रकाले नतिजाप्रति खुशी व्यक्त गरेको पिता राजेन्द्र रिजालले बताउनुभयो ।

dainiki.com

एसइइको बिहीबार सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले राम्रो जिपिए प्राप्त गरेका छन ।  जसमा १८६ जनाले मात्र ४ जिपिए प्राप्त गरेका छन ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १८:२८