भाउजुको हत्या आरोपमा एक जना पक्राउ
१३ असार, काठमाडौँ । महोत्तरीमा भाउजुको हत्या आरोपमा औरही नगरपालिका(४ का ४६ वर्षीय रामजतन यादव पक्राउ परेका छन् ।
घरायासी विवादका कारण यादवले भाउजु रीतादेवीलाई कोदालो प्रहार गर्दा घाइते भएकी थिइन् । रीतादेवी उपचारकै क्रममा मृत्यु भएपछि रामजतनलाई नियन्त्रणमा लिएको छ । यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १५:१५








