१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

राष्ट्रियसभाको बैठक सुरु, यस्तो छ कार्यसूची


१३ असार, काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइने र राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिने कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ ९क० को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १४:०८