१५ असार २०८१, शनिबार | Sun Jun 30 2024

दुबई जान लागेका गायक राजेश पायल राईलाई मदिरा सेवन गरेको भेटेपछि विमानस्थलबाट फर्काइयाे


१३ असार, काठमाडौँ । बिहीबार बिहान १० बजेको फ्लाइमा दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । ’राई दुबई सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए ।

गायक राईले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो ।

कार्यालयका प्रवक्ता एसएसपी डम्बरबहादुर विकका अनुसार राई ‘सुरूमा फर्कनु ‘ मान्नुभएको थिएन । तर पछि हामीले ट्याक्सीमा हालेर घर पठायौं । नशा सकिएपछि राई कार्यक्रमका लागि अर्को फ्लाइटमा जान सक्ने प्रहरीले जनाएको

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १३:०३