१५ असार २०८१, शनिबार | Sun Jun 30 2024

पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रभावित, उम्मेदवारी दर्ता असार १५ मा हुने


१३ असार, काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रभावित भएको छ । मतदाताको अन्तिम नामावली प्रकाशित हुन नसकेपछि निर्वाचन समितिले कार्यतालिमा फेरबदल गर्दै असार १५ गतेका लागि मनोनयनको समय तोकेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल पत्रकार महासंघको मनोनयन आज, दुई प्यानलबीच प्रतिस्पर्धा हुने

असार २२ गते गर्ने गरी तोकिएको निर्वाचनका लागि हिजो मतदातको अन्तिम नामावली प्रकाशन र आज उम्मेदवारी मनोनयनको समय तोकिएको थियो । मतदाताको अन्तिम नामावली नै प्रकाशित हुन सकेपछि निर्वाचन कार्यक्रम हेरफेर भएको छ । हेरफेर भएको कार्यक्रम तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ११:२७