१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

दोस्रो दिन पनि घट्यो सुन–चाँदीको मुल्य


१३ असार, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ११:१७