१५ असार २०८१, शनिबार | Sun Jun 30 2024

नेपाल पत्रकार महासंघको मनोनयन आज, दुई प्यानलबीच प्रतिस्पर्धा हुने


१३ असार, काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि निर्वाचन समितिको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनको कार्यक्रम रहेको छ । यद्यपी असार १२ गते ४ बजे प्रकाशित हुने भनिएको मतदाताको अन्तिम नामावली अहिलेसम्म प्रकाशित हुन नसकेकाले आजै मनोनयन हुने वा नहुने टुंगो छैन ।

महासंघको नेतृत्वका लागि बामपन्थी निकटका पत्रकारहरूले निर्मला शर्माको नेतृत्वमा प्यानल नै बनाउने तयार गरेका छन । जसको वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा सविन प्रियासन, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा समिति अध्यक्षमा रामकृष्ण अधिकारीको उम्मेदवारी रहने सम्भावना रहेको छ ।

यस्तै नेपाली कांग्रेस निकटका पत्रकारहरूले रमेश विष्ट, अनिता बिन्दु वा दीपक आचार्यको नेतृत्वमा प्यानल बनाउने तयारी गरेका छन । यद्यपी उक्त प्यानलका पदाधिकारीका सम्भावित उम्मेदवारको प्रष्ट अनुहार सार्वजनिक हुन सकेको छैन ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ०८:४८