१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

१२ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण पूरा भइसकेको बताए ।

एसईईको परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियाे । एसईईमा ४ लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १६:१५