२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५ करोड बढीकाे कारोबार

१२ असार, काठमाडाैँ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको बजार आज भने घटेको हो। बुधबार नेप्से ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयााको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३३ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७.२६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : 15:56