१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कञ्चनपुरमा सवारी साधनको चालक अनुमतिपत्र जारी, ७४ लाख राजस्व सङ्कलन

१२ असार, काठमाडौँ । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप÷कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर रु ७४ लाख राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १४:५६