२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

कैलालीमा चट्याङबाट एक किसानको मृत्यु, छ जना घाइते

१२ असार, काठमाडौँ । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षकी रीता कठरिया, सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका–६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १२:३४