१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पानीको बहावले गर्दा पृथ्वी राजमार्ग सडकखण्ड भासिँदा आवागमनमा समस्या

१२ असार, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उहाँले जानकारी दिनुभयो । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ११:४०