१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

घट्यो सुन–चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार?


१२ असार, काठमाडौँ । साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलाको २५ रूपैयाँले घटेर प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ११:०७