१४ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

सर्वोच्चबाट मुख्यमन्त्रीमा नियुक्ति पाउँ भन्ने कांग्रेसका केदार कार्कीको रिट खारेज


११ असार, काठमाडाैँ । सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै रिट लिएर पुगेको कांग्रेस संसद केदार कार्कीको रिट खारेज गरिदिएको छ । मंगलबार न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको रिट खारेज गर्ने निर्णय गरेको हो ।

निवर्तमान मुख्यमन्त्री रहेका कांग्रेसका कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । कार्कीको रिट खारेज भएसँगै नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको सरकार माथि उठेको प्रश्न समेत समाप्त भएको छ ।

संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते एमाले नेता हिक्मत कार्कीले एमालेका ३९ र माओवादीका १३ गरी ५२ सांसदको समर्थन पेश गर्दै मुख्यमन्त्रीको नियुक्ति लिएका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १७:५७