१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी


११ असार, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी भने तोलाको ५ रूपैयाँले घटेर प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार ११:१८