१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

भीर मौरीको टोकाइबाट जनचेतना आधारभूत विद्यालयका शिक्षक, विद्यार्थीसहित १३ घाइते

९ असार, रुकुम पश्चिम । भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।

आज विहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको र तीन जनाको अवस्था जटिल रहेको महत स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उहाँकी आमा रुचि रोका हुनुहुन्छ । उहाँहरुलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार २२:४६