१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मानवअधिकारवादी नेता सुशील प्याकुरेलद्धारा राजदूत पदको ‘सरप्राइज’ अस्वीकार

९ असार, काठमाडौँ । सरकारले दक्षिण कोरियाको राजदूतका लागि सिफारिस गरेको मानवअधिकारवादी नेता सुशील प्याकुरेलले ‘सरप्राइज’ अस्वीकार गर्नुभएको छ । बिना सल्लाह दक्षिण कोरियाको राजदूतका लागि सिफारिस गरेकोमा उहाँले आपत्ति समेत पक्रट गर्नुभएको छ ।

प्याकुरेलले एक विज्ञप्ति मार्फत सिफारिसको निर्णय फिर्ता लिन प्रधानमन्त्री प्रचण्डलाइ अनुरोध गरेको जानकारी दिँदै सरकारको राजदूतसँग सम्बन्धित निर्णय गर्ने प्रचलनबाट आफू आश्चर्यचकित भएको बताउनुभएको छ । प्याकुरेलले विज्ञप्तिमा भनेका छन, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले म प्रति देखाएको विश्वासका लागि धन्यावाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनु हुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत दर्ता गराइसकेको छु ।’

यस्तो छ प्याकुरेलले जारी गर्नुभएको विज्ञप्ति

प्रकाशित मिति : ९ असार २०८१, आईतवार १६:०२