१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

सिटिजन्स बैंकको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


७ असार, काठमाडाैँ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडका संस्थापक सेयरधनीले १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । हाललाई यस सेयरमा बैंकका कायम संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बिक्री हुन लागेको सो सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १२:३३