१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नेप्सेमा ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत

७ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस बापतको ६२ हजार ३३८ कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्यकाे मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकरण भएको हो ।

उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ११:३७