१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

११ वर्षिया बालिका बलात्कारको अभियोगमा नुवाकोट तुप्चेका भुषण बोगटी पक्राउ

५ असार, काठमाडौँ । नुवाकोटमा एक ३२ वर्षीय युवा बलात्कारको अभियोगमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बालिका बलात्कारको अभियोगमा जिल्लाको विदुर नगरपालिका वडा नम्बर ७ का भुषण बोगटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए । डिएसपी भारतीले जेठ २४ गते बालिकाको आफन्तले उजुरी गरेलत्तै अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । बोगटीमाथि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ ।

बोगटीले ११ वर्षीया एक बालिकालाई जेठ २४ गते बिहान ६ः३० बजेको समयमा जबरजस्ती करणी गरेको आफन्तहरूले बताएका छन । यद्यपी पीडकले डर देखाएर धम्की दिएका कारण त्यस बिहान बालिका विद्यालय गएको र विद्यालयबाट फर्किएपछि बालिकालाले बलात्कारको विवरण अभिभावकहरूलाई सुनाएकी थिइन ।

पीडित बालिकाले अभिभावकलाई भुषणले गरेको जवर्जस्तीको विवरण सुनाए लगत्तै प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरीले बालिकालाई स्वास्थ्य परीक्षणका लागि तत्काल जिल्ला अस्पताल त्रिशुली लगेको थियो भने पीडक भनिएका भुषणलाई हत्कडी लगाएर प्रहरी हिरासतमा लगेको थियो । बालिकाले प्रहरीले लिएको बयानमा पनि भुषणले बलात्कार गरेको बताएको प्रहरी स्रोतले बताएको छ ।

यद्यपी अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनका बारेमा प्रहरीले केही बताएको छैन । सुरूमा पक्राउ परे लगत्तै कसुर स्वीकार गरेका बोगटीले पछि वयान फेरेको प्रहरीले स्रोतले जनाएको छ । पीडकका आफन्तले पीडित माथि मिल्न भनेर राजनीतिक रूपमा समेत दबाब सिर्जना गरिरहेको समेत पीडित परिवार स्रोतले जनाएको छ । बोगटी वर्ल्ड लिंक नुवाकोटमा कार्यरत रहेको उनी निकटहरूले बताएका छन ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार २१:१६