१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

दोस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी घट्यो


५ असार, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने  १० रूपैयाँले घटेर प्रतितोला १८ सय ०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १२:०३