१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस नेता गच्छदारको निधन


३ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । १० माघ २०८० मा ब्रेन ह्यामरेज भएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको हाे । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

मंगलबार गच्छदारको अन्तिम संस्कार गरिने परिवार स्राेतले जनाएकाे छ । बिगत ४ महिनादेखि अर्धचेत रहेका उनलाई १ महिनादेखि घरमै राखिएकाे थियाे ।

अध्यक्ष गम्भीर बिरामी परेपछि ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १६:०५