४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा रविन कार्की

३ असार, डेनमार्क । प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको अध्यक्षमा राघवेन्द्र प्रताप सिंह कार्की (रविन) निर्वाचित भएका छन्। अधिवेशनले कार्की अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।जसको उपाध्यक्ष अमृत रिजाल, सचिवमा शैलेन्द्र राई, उपसचिव दीपा शर्मा र भुपेन्द्र सुवेदी तथा सदस्यहरुमा सुरेश पुन, मनोज न्यौपाने, भास्कर खनाल, गोकर्ण घिमिरे, किरण दीप, सुसन बराल रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले प्रवासी नेपाली मञ्चले नेपाल र विश्व भरिका रहेका नेपालीहरु हितमा क्रियाशिल रहने बताए । अधिवेशनमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रियका सचिव हेम शेर्पा, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मञ्चका सदस्य एवं युरोप इन्चार्ज भक्त वाग्ले, अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं डेनमार्क इन्चार्ज सुरेन्द्र थपलिया, अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई,युरोप महादेश कमिटीका उपसंयोजक चन्द्रकान्त आचार्य, गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष कमल शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १५:०६