१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

घट्यो सुनकाे भाउ, आज कतिमा हुँदैछ काराेबार?


३ असार, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा रु छ सयले घटेर छापावाला सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि २० रूपैयाँले घटेर प्रतितोला रु एक हजार आठ सय रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ११:५१