१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

आईसीसी टी-२० विश्वकप क्रिकेटः अन्तिम खेल पनि बंगलादेशलाई जिताएर घर फर्कियो नेपाली टोली


३ असार, काठमाडौँ । नेपाल आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेल पनि बंगलादेशलाई जिताएर घर फर्किएको छ । सोमबार बिहान बंगलादेशसँग भएको खेलमा नेपाल २१ रनले पराजित भएको छ। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९।२ ओभरमा ८५ रन बनाएर अलआउट भयो ।

योसँगै श्रीलंकासँगको खेल पानीका कारण अबरूद्ध हुँदा बाँडिएको समान एक अंक बाकेर नेपालले आईसीसी टी-२० विश्वकप क्रिकेटको यो चरणको यात्रा अन्त्य गरेको छ । नेपाललाई २१ रनले पराजित गरेसँगै बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

अन्तिम खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्का प्रहार गर्दै ४० बलमा सर्वाधिक २७ रन जोडे। दीपेन्द्र सिंह ऐरीले दुई चौका र एक छक्का प्रहार गर्दै २५ रन बनाए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडे । यसअघि नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट लिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ०९:५०