१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

अन्तर्राष्ट्रिय टी–२० मा सन्दीप लामिछानेले पूरा गरे १०० विकेट


३ असार, काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएर अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सहभागी भएका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्ना लागि नयाँ रेकर्ड बनाएका छन ।

बंगलादेशविरूद्धको खेलमा २ विकेट लिएर सन्दीपले सय विकेट लिएका हुन । अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् । सन्दीप अन्तर्राष्ट्रिय टी–२० मा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन ।

सन्दीप अन्तर्राष्ट्रिय टी–२० मा छिटो सय विकेट पूरा गर्ने खेलाडीमा भने दोस्रो नम्बरमा पुगेका छन । उनी भन्दा अघि अफगानिस्तानका रसिद खान रहेका छन । उनले ५३ खेलमा सय विकेट बनाएका थिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ०८:४९