१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नुवाकोटका कृष्णमान प्रधान निर्वाचन आयुक्तमा सिफारिस


३ असार, काठमाडौँ । नुवाकोट स्थायी घर भएका कृष्णमान प्रधान निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका छन । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाइ नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानले त्रिभुवन विश्वविद्यालयबाट  स्थानीय सरकार र लोकतन्त्रमा विद्यावारिधि गरिरहेका छन् । २०४८ सालदेखि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) महासचिव छन् । प्रधान अहिलेसम्म कुनै पनि राजनीतिक दलको गतिबिधिमा सक्रिय सहभागी नभएका व्यक्ति हुन ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार २२:२२