७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024

रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता


१ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टी स्थापनाका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले  पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो ।

साथै उहाँले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिनुभयो । सङ्गठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।

उपभापति डा स्वर्णीम वाग्ललेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताउनुभयो ।  पार्टीका महामन्त्री मुकुल ढकालले सङ्गठन विस्तारमा जोड दिनुभयो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार १३:२८