६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा पदमुक्त


३२ जेठ, कास्की । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले उनीमाथि कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख कृष्ण धितालले त्यसको जानकारी शुक्रबारको प्रदेशसभा बैठकमा दिएका हुन् । यससँगै उनकाे सांसदसँगै मन्त्री पद पनि गएको छ ।

फ्लोर क्रसपछि देवकोटा पाण्डे सरकारमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए । गत जेठ २८ गते कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, देवकोटा, स्वतन्त्र सांसद दीपक मनाङेसमेतको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १७:१५