१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नागरिक लगानी कोषको लाभांश घोषणा


३२ जेठ, काठमाडाैँ । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका ;]यरधनीहरुलाई कुल १४.७३६८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १४:५९