६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आइपीओ निष्कासन गर्ने


३२ जेठ, काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्तावसहित आगामी असार १६ गते विशेष साधारणसभा बाेलाएकाे छ ।

साधारणसभामा कम्पनीले प्रिमियम, बुक बिल्डिङ अथवा अंकित मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव छ । सभाले सो सम्बन्धी कार्य गर्न सञ्चालकलाई अख्तियारी दिनेछ । यसका साथै कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने बारे विशेष प्रस्ताव पेश हुनेछ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १३:४८