९ असार २०८१, आईतवार | Sun Jun 23 2024

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा तिलकराम आचार्यको ह्याट्रिक


३१ जेठ, काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा बौद्ध दर्शनमा विद्यावारिधि गरेका डा तिलकराम आचार्यको ह्याट्रिक गरेका छन । बिहीबार आचार्य तेस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त भए । गत फागुनमा कार्यकाल सकिएपछि निमित्तको रूपमा समेत काम चलाउँदै आएका आचार्यलाई बिहीबार प्रधानमन्त्री समेत रहेका विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले राजिष्ट्रारमा नियुक्त गरेका हुन ।

रजिष्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । चैत १८ गते प्रकाशित विज्ञापन अनुसार ९ जनाले दरखास्त दिएकोमा अन्तिम मूल्यांकनका लागि ७ जना छनौटमा परेका थिए । उनीहरूको वैशाख ८ मा अन्तिम मूल्यांकन भएको थियो । मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको थियो ।

२०६१ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय २०७० सालसम्म पनि गुमनाम थियो तर आचार्य राजिष्ट्रार भएपछि विश्वमै चिनिने गरी विदेशी विद्यार्थी समेतलाई आकर्षित गरेर अध्ययन गराइरहेका छन । आचार्यले राजिष्टारमा नियुक्ति लिएपछि लुम्बिनीमा विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरेका थिए ।

विश्वविद्यालयका लागि जग्गा खोज्ने काम लगायतमा आचार्यलाई रूपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतले महत्वपूर्ण सहयोग गरेका थिए । त्यसपछि ठोस आकार ग्रहण गर्न थालेको विश्वविद्यालयमा अहिले चीन, श्रीलङ्का, बर्मा लगायतका गरी दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १५:४६