७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

९ अंकले घट्यो नेप्से, ६ अर्ब ४४ करोड माथि कारोबार


३१ जेठ, काठमाडाैँ । साताकाे अन्तिम काराेबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको नेप्से परिसूचक आज ९ दशलमव ३२ अंकले घटेर २११२ को विन्दु कायम भएको हो । आज ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४२ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४३ करोडमाथिको  कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भयाे । यस्तै एनआरएनको २० करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  त्यस्तैगरी समृद्धि फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै डिम सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १५:२८