६ असार २०८१, बिहीबार | Thu Jun 20 2024

चर्चित चलचित्र `बोक्सीको घर´को रेड कार्पेट शो एडिलेडमा, अभिभावकलाई नि:शुल्क


एडिलेड । चलचित्र `बोक्सीको घर´ को रेड कार्पेट शो एडिलेडमा जुन १६ आइतवार हुने भएको छ । निर्माता तथा अभिनेत्री केकी अधिकारीको उपस्थितिमा हुने शोमा नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुका लागि नि शुल्क प्रवेश राखिएको चलचित्रका व्यवस्थापक तथा सामाजिक अभियन्ता हेम श्रेष्ठले बताएका छन्  ।

यस चलचित्रको दुई शो एडिलेडमा भैसकेछ । व्यवस्थापक श्रेष्ठले नेपाली सामाजिक कुरिती माथी आधारित, अभिनेत्री  केकी अधिकारीद्धारा निर्माण गरिएको चलचित्र `बोक्सीको घर´ ले देश तथा विदेशमा दर्शकहरुको अपार माया पाएको बताउदै  चलचित्र समाजिक सन्देशका हिसाबले महत्वपुर्ण भएकाले व्यवसायी भन्दा पनि समुदायमा चेतना र हाम्रा कुरिति माथी बनेका चलचित्रहरुलाई प्रोत्साहन गर्ने उद्देश्य मात्र प्रदर्शनको जमर्को गरिएको बताएका छन् ।

उनले रेड कार्पेट शो नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा उहाहरुलाई प्रवेश नि : शुल्क गरिएको बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १४:२९