८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

एकै गाउँमा उत्पादन हुन्छ एक करोड पचास लाख बढीको काँक्राको बिउँ

३० जेठ, पर्वत । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका कृषकहरुले काँक्रोको विउबाट आर्थिक उन्नति गरेका छन् । भक्तपुरे लोकल जातको काँक्रोको विउका लागि सल्लान गाउँ स्रोत केन्द्र बनेको छ । १ हजार रोपनी भन्दा बढी जमिन भएको सल्यानको फाँटभरि कृषकले बिउका लागि काँक्रो खेती गरेका छन् । हिजोआज सल्यानका कृषकलाई काँक्रोको बिउ संकलन, प्रसोधन, भण्डारण र बजार पु¥याउन भ्याई नभ्याई छ ।

सल्यानका यहाँका करिब एक सय २० घरधुरीले बिउँ उत्पादनका लागि काँक्रो खेती गरेका छन् । यस वर्ष करिब रु. पर्वतको एकै गाउँमा उत्पादन हुन्छ एक करोड पचास लाख बढीको काँक्राको बिउँ उत्पादन हुने अनुमान गरिएको अगुवा कृषक एकनारायण पौडेलले बताए ।

काँक्रोको विउ प्रतिकेजी ८ देखि १० हजार रुपैयाँमा बिक्री हुन्छ । पोखरा, काठमाडौँका व्यवसायीहरूले बिउँको अग्रिम माग गरेका छन् । विउले राम्रो मूल्य पाएको कृषक टेकनारायण आचार्यले बताए । एक जना कृषकले काँक्रोको बिउ बेचेर वार्षिक रु. दश लाख सम्म आम्दानी गर्छन् ।

यहाँ किसानले २० वर्षदेखि निरन्तर रूपमा काँक्रो र गोलभेँडाको बिउ उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका छन् । सडक र सिचाई सुविधाले कृषकहरुलाई सहज भएको छ । सल्यानका कृषकले रोग किराको प्रकोप नियन्त्रणका गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट प्राविधिक सहयोगको अपेक्षा गरेका छन् । रासस

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १२:१६