७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

सेयर बजारमा हरियाली, ३३ अंकले बढेकाे बजारमा ५ अर्ब ५५ करोडको कारोबार


२९ जेठ, काठमाडाैँ । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । मंगलबार बजार २९.८२ अंकले बढेको छ । उक्त दिन बजार परिसूचक २१११ दशमलव ९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।

साताको तेस्रो कारोबार दिन बैंकिङ्ग समूह १९.०५ अंक, विकास बैंक ५७.२९ अंक, फाइनान्स ४६.८०, होटेल तथा पर्यटन ३२.२८, हाइड्रोपावर ६६.७१, जीवन बीमा समूह २४१.११, निर्जीवन बीमा समूह २३३.५७ अंकले बढेको छ । यस्तै, उत्पादन तथा प्रशोधन समूह २६.३८ अंक, व्यापार समूह ६२.१४ अंक, माइक्रोफाइनान्स ४८.९६ अंकले वृद्धि भएको छ ।

उक्त दिन ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ३६ करोड ३० लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउनटेन इनर्जी नेपालको २३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १० करोड ८२ लाख ८६ हजार र जानकी फाइनान्सको १० करोड ६१ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १५:४३