७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने


२८ जेठ, काठमाडाैँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको विशेष प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको साधारणसभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जनाइएकाे छ ।साधारणसभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै साधारणसभाले आईपीओ निष्काशन सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

यसैगरी अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने छ ।

कम्पनीले सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव पनि पारित गरिने जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ११:२४