१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

अाजबाट चौतारी लघुवित्तको साधारण सेयर बिक्री खुल्ला

१९ मंसिर, काठमाडौँ  । चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। संस्थाको ६ लाख कित्ता साधारण सेयर आजबाट बिक्री खुल्ला भएको हो। संस्थाले ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता कर्मचारीहरुको लागि, ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ५ लाख ६० हजार ७ सय कित्ता आइपिओ सर्वसाधारणहरुको लागि निष्कासन गरेको हो।

संस्थाले प्रतिकित्ता १ सय अंकित मूल्यमा सेयर निष्कासन गरेको हो। संस्थाले जारी गरेको आइपिओमा छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयरमार्फत् अनलाइन आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १२:५३