२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा करिब १६ अंक बढ्यो नेप्से

२६ जेठ, काठमाडाैँ । पहिलो कारबारको दिन आज आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.९३ अंक घटेर २०७९.७८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १५.९२ अंक बढेर २०९३.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०५ अंक बढेको छ।

प्रि ओपन सेसनमा ७२ स्टकको ११९ पटकको कारोबारमा ३० लाख ७३ हजार ८१९ रुपैयाँ ६० पैसा बराबरको ४ हजार ५६८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रकाशित मिति : 11:19