उपत्यकासहित देशभरको मौसम बद्ली, दिनभर मौसममा सुधार अाउने सम्भावना कम
१९ मंसिर, काठमाडाैँ । अाज उपत्यकासहित देशभरको मौसममा बद्ली अाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।
बुधबार दिनभर मौसममा सुधार अाउने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताए । पाेखरेलका अनुसार आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।

उनले केहीदिन मौसम यस्तै रहने बताए । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ११:२३












