१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

उपराष्ट्रपतिका लागी आज मनोनयन दर्ता,नन्दबहादुर पुन नै दोहोरिने पक्का


३ चैत, काठमाडौं । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसके पछि आज उपराष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

मनोनयन दर्ताको समय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिमा महिला निर्वाचित भएपछि दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेकाछन् ।

उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने पक्का छ । उम्मेदवारी दर्ताका लागि पुन बिहान ११ बजे संघीय संसद भवन परिसरमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा पुग्दैछन् ।

आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार १२:००