१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

कांग्रेस सांसद गाैतमलार्इ पुत्र शोक, छोरा नवीन गौतमको स्कुटर दुर्घटनामा मृत्यु

१९ मंसिर, नवलपुर । नेपाली कांग्रेसकी सांसद अोमकला गाैतमलार्इ पुत्र शोक परेको छ । गण्डकी प्रदेशसभाकी सांसद गौतमका छोरा नवीन गौतमको मंगलबार राति स्कुटर दुर्घटनामा मृत्यु भएको हो । अाफैँले चलाएको ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा नविनको मृत्यु भएको प्रहरीले जनाएको छ। साँझपख ५ बजेतिर घरबाट निस्किएका नवीन कहाँ गएका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।

करिब साढे १० बजेतिर प्रगतिनगर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले उनलाई तत्कालै भरतपुर जिल्ला अस्पताल पठाएको थियो । तर अस्पताल पुग्ने वित्तिकै डाक्टरले नविनलार्इ मृत घोषणा गरे । स्कुटरलाई कुनै गाडीले ठक्कर दिएको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ०९:२९